हे परमप्रभु, वस्तवमा, म तपाईंको सेवक हुँ । म तपाईकी कमारीकी छोरा तपाईंको सेवक हुँ । तपाईंले मेरा बन्धनहरू तोड्नुभएको छ ।
TSK
TSK · प्रेरित 2:24
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्नेहरू हो, उठ र आनन्दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्ना मृतकहरूलाई ल्याउनेछ ।
के म तिनीहरूलाई चिहानको शक्तिदेखि बचाउनेछु र? के म तिनीहरूलाई मृत्युबाट बचाउनेछु र? ए मृत्यु, तेरा विपत्तिहरू कहाँ छन्? ए चिहान, तेरो विनाश कहाँ छ? मेरा आँखाबाट दया लुकेको छ ।”
¶ हप्ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए ।
यो मबाट कसैले खोसेर लान सक्दैन, तर यो म आफैँ अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।”
यसैकारण, तिनीहरूले विश्वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भने,
“भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्त्र पुरा हुनु आवश्यक थियो ।
तपाईंहरूले जीवनका राजकुमारको हत्या गर्नुभयो जसलाई परमेश्वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौँ ।
तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्नुभएका र परमेश्वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ ।
तर परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।
तर जसलाई परमेश्वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन ।
यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्वास गर्छौं ।
येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।
यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्छौ भने, तिमी बचाइनेछौ ।
परमेश्वरले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ ।
अनि परमेश्वरले ख्रीष्टलाई जीवित नपारीकन उहाँले जीवित पार्नुभयो भनेर उहाँको विरुद्धमा झुटो गवाही दिएको कारण हामी झुटा गवाह हुन्छौँ ।
¶ म पावल एक प्रेरित हुँ । म कुनै मानिस वा व्यक्तिद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्ट र परमेश्वर पिताद्वारा भएको हुँ जसले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो ।
तिमीहरू उहाँसँगै बप्तिस्मामा गाडिएका थियौ । र उहाँलाई मृतकहरूबाट ब्युँताउनुहुने परमेश्वरको शक्तिमाथि विश्वासद्वारा तिमीहरू उहाँसँगै ब्युँताइएका थियौ ।
त्यसकारण, पहिले नै परमेश्वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्ट पार्नुभयो ।
तिमीहरू उहाँद्वारा परमेश्वरमा विश्वास गर्छौ, जसलाई तिमीहरूका विश्वास र आशा परमेश्वरमा रहून् भनेर परमेश्वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।