अब गिबोनीहरूचाहिं इस्राएलका मानिसहरू थिएनन् । तिनीहरू बाँकी रहेका एमोरीमध्येका थिए । इस्राएलका मानिसहरूले तिनीहरूलाई नमार्ने शपथ खाएका थिए, तर शाऊलले इस्राएल र यहूदाको मानिसहरूको निम्तिको जोशले गर्दा तिनीहरू सबैलाई मार्ने कोसिस गरे ।
TSK
TSK · प्रेरित 22:3
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै गरेको भेट्टाए ।
मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्दथिन् ।
तर त्यहाँ स्वतन्त्र दल नामक सभाघरका मानिसहरू, कुरेनीहरू, अलेक्ज्यान्ड्रियाका बासिन्दाहरू र किलिकियासाथै एसियाका केही मानिसहरू खडा भए । यी मानिसहरू स्तिफनससित वादविवाद गर्दै थिए ।
भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए ।
तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरू, प्रेरितहरू, एल्डरहरू, भाइहरूलाई अभिवादन ।
उनीहरूले यो सुनेपछि उनीहरूले परमेश्वरको प्रशंसा गरे, र उनीहरूले तिनलाई भने, “हेर भाइ, हजारौँ यहूदीले विश्वास गरेका छन् । उनीहरू व्यवस्था पालना गर्नमा दृढ छन् ।
जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब उनले परिषद्मा ठुलो सोरले भने, “दाजुभाइहरू हो, म फरिसीका छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा दृढ आशा भएकै कारणले मलाई न्याय गरिँदै छ ।”
तिनीहरूले मलाई सुरुबाट नै जान्दथे, र मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्दछ, जुन हाम्रो धर्मको अति कठोर सम्प्रदाय हो ।
¶ त्यसो भए म भन्छु, के परमेश्वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त? किनकि म पनि अब्राहामका सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ ।
म यहूदी धर्मकर्ममा मेरा आफ्नै मानिसहरूका कैयौँ सहकर्मीहरूभन्दा धेरै अगि बढिरहेको थिएँ । मेरा पुर्खाहरूका परम्पराहरूका निम्ति म अत्यन्तै उत्साहित थिएँ ।
तिनीहरूले तिमीहरूलाई उत्कट इच्छाले खोज्दछन्, तर कुनै भलाइको लागि होइन । तिमीहरूले तिनीहरूलाई पछ्याउनेछौ भनेर तिनीहरूले मबाट तिमीहरूलाई अलग गर्न चाहन्छन् ।