तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “तिमीहरू भुलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्त्र वा परमेश्वरको शक्तिलाई जान्दैनौ ।
TSK
TSK · गलाती 4:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
यदि तिमीहरूले मोशामा विश्वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्वास गर्ने थियौ, किनकि उनले मेरो विषयमा लेखे ।
भिडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौँ, कि ख्रीष्ट सधैँ रहनुहुनेछ । तपाईं कसरी भन्नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ?’ यो मानिसका पुत्र को हो?”
अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्नाका लागि हो, ताकि सारा संसार परमेश्वरप्रति जवाफदेही हुन सकून् ।
किनकि जब हामी शरीरमा थियौँ, व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए ।
किनकि तिनीहरूले परमेश्वरको धार्मिकता जान्दैनन्, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन् । तिनीहरू परमेश्वरको धार्मिकताप्रति समर्पित भएनन् ।
तर ख्रीष्टमा विश्वास आउनुभन्दा अगाडि विश्वासको प्रकाश नआउन्जेलसम्म हामी व्यवस्थाद्वारा कैदमा थियौँ र सीमित थियौँ ।