ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्दित हुनेछ र इस्राएल खुसी हुनेछ ।
TSK
TSK · यशैया 46:13
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
परमेश्वर त्यसको बिचमा हुनुहुन्छ । त्यो डग्नेछैन । परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ र उहाँले बिहानको झिसमिसेमा त्यसो गर्नुहुनेछ ।
हेर, परमेश्वर मेरो मुक्ति हुनुहुन्छ । म भरोसा गर्नेछु र डराउनेछैन, किन परमप्रभु नै, हो परमप्रभु नै मेरो बल र गीत हुनुहुन्छ । उहाँ मेरो मुक्ति हुनुभएको छ ।”
मेरो नाउँद्वारा बोलाइएका सबैलाई, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसलाई मैले आकार दिएँ, हो, जसलाई मैले बनाएँ ।
ए आकाश, माथिबाट वर्षा झार्! आकाशले धार्मिकताको वर्षा गओस् । पृथ्वीले त्यो सोसेर लेओस् ताकि मुक्ति उम्रिहोस् र त्योसँगै धार्मिकता उम्रियोस् । म, परमप्रभुले नै ती दुवैको सृष्टि गरेको हो ।
¶ परमप्रभु यसो भन्नुहुन्छ, “जे ठिक छ सो गर, जे न्यायोचित छ सो गर । किनकि मेरो उद्धार नजिकै छ र मेरो धार्मिकता प्रकट हुनै लागेको छ ।
तेरा सबै मानिस धर्मी हुनेछन् । तिनीहरूले सदाको निम्ति देश अधिकार गर्नेछन् । म महिमित हुन सकूँ भनेर ती मैले रोपेका बिरुवाका हाँगा र मेरा हातका काम हुन् ।
किनकि जसरी पृथ्वीले आफ्ना बिरुवाहरू उमार्छ र जसरी बगैंचाले त्यसका बिरुवाहरू बढाउँछ, त्यसरी नै पमरमप्रभु परमेश्वरले सबै जातिहरूका सामु धार्मिकता र प्रशंसा निस्कने बनाउनुहुनेछ ।
किनकि यो सहर मेरो लागि आनन्दको वस्तु अनि पृथ्वीका सबै जातिका लागि प्रशंसाको गीत र सम्मान हुनेछ । मैले यसको लागि गर्ने सबै असल कुराहरू तिनीहरूले सुन्ने छन् । त्यसपछि मैले यस सहरलाई दिने सबै असल कुरा र शान्तिको कारणले तिनीहरू डराउनेछन्, र थरथर काँम्नेछन् ।'
किनभने यो दर्शन भविष्यको समयको निम्ति हो र त्यो अन्ततः बोल्नेछ र विफल हुनेछैन । त्यसले ढिलाइ गरे तापनि, त्यसको प्रतीक्षा गर् । किनभने त्यो निश्चय नै आउनेछ र त्यसले बिलम्ब गर्नेछैन ।
सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका सबै मेरा हुन्; म तिनीहरूमा महिमित हुन्छु ।
तर अब व्यवस्थाविना नै परमेश्वरको धर्मीकता प्रकट गरिएको छ । यसलाई व्यवस्था र अगमवक्ताहरूद्वारा साक्षी दिइएको छ,
नतिजा यो हो, कि परमेश्वरको महिमामय अनुग्रहको कारण सबैले उहाँको प्रशंसा गर्छन् । यो अनुग्रह उहाँले आफ्नो प्रियद्वारा सित्तैमा हामीलाई दिनुभएको छ ।
हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।
धर्मशास्त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।”