TSK

TSK · यशैया 59:13

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तर तिनीहरूले आफ्‍ना मुखले उहाँसँग चापलुसी गरे र तिनीहरूका शब्दहरूले उहाँसँग झुट बोले ।

किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।

किनकि मूर्खले मूर्खताको कुरा गर्छ, उसको मनले दुष्‍ट र अधर्मी कामहरूका योजना बनाउछ र उसले परमप्रभुको विरुद्धमा गलत किसिमले बोल्छ । उसले भोकाएकोलाई रित्तो बनाउँछ र तिर्खाएकोलाई पानीको कमी तुल्याउँछ ।

“तिमीहरू कसको विषयमा चिन्तित हुन्‍छौ? तिमीहरूले कसको भय यति धेरै मान्छौ, जसले तिमीहरूलाई यति धेरै धोकापुर्ण रूपमा काम गर्ने बनाएको छ, यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ न त मेरो बारेमा विचार नै गर्छौ? म यति लामो समयसम्म मौन भएको हुनाले, मसँग तिमीहरू फेरि डराउँदैनौ ।

किनकि मेरो जातिले मेरो विरुद्धमा दुईवटा दुष्‍ट काम गरेको छः तिनीहरूले जिउँदो पानीको मुललाई त्यागेका छन्, र तिनीहरूले आफ्नै निम्ति पानी चुहिने कुवाहरू खनेका छन् ।

परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अगुवाइ गरिरहनुहुँदा तिमीहरूले उहाँलाई त्यागेर के यो तिमीहरू आफ्‍नै निम्‍ति गरेका होइनौ र?

यी सबै कुरापछि त्यसकी विश्‍वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।”

तर यी मानिसहरूको हठी हृदय छ । यो विद्रोहमा बरालिन्‍छ र टाढा जान्छ ।

परमप्रभु नै इस्राएलको आशा हुनुहुन्छ । तपाईंलाई त्याग्‍नेहरू सबै लाजमा पर्नेछन् । देशमा तपाईंबाट तर्केर जानेहरू धुलोमा लेखिनेछन्, किनकि तिनीहरूले परमप्रभु, जिउँदो पानीको मूललाई त्यागेका छन् ।

तिमीहरूले मलाई परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ यसो भनेर पठाउँदा तिमीहरूले आफैलाई घातक रूपमा धोका दियौ, 'हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्‍वरमा प्रार्थना गर्नुहोस् । परमप्रभु हाम्रा परमेश्‍वरले बताउनुहुने हरेक कुरा हामीलाई बताउनुहोस्, र हामी त्यो पूरा गर्नेछौं ।'

तर तिमीहरू भन्‍छौ, 'परमप्रभुको चाल न्‍यायपुर्ण छैन' । ए इस्राएलका घराना, सुन । के मेरो चालहरू न्‍यायपुर्ण छैनन्? अन्‍यायपुर्ण त तिमीहरूका चालहरू होइनन् र?

आदमले झैं तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्‍वासहीन भएका छन् ।

तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् । तिनीहरूमाथि विनाश आउँदै छ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन्! मैले तिनीहरूलाई बचाउन सक्‍थें, तर तिनीहरूले मेरो विरुद्धमा झुट बोले ।

तर जसले मानिसहरूका सामुन्‍ने मलाई इन्कार गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु ।

किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्‍ट विचार, यौन अनैतिकता, चोरी, हत्या,

यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन ।

भाइहरू हो, होसियार बस । त्यसैले, तिमीहरूमध्ये कोही पनि दुष्‍ट हृदय र अविश्‍वासी नहोस्, जुन हृदयले जीवित परमेश्‍वरबाट तर्काएर टाढा नलैजाओस् ।

जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो । यसले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैँ आगोले सल्किएको छ ।