तर उहाँले यसो भन्नुहुन्छ भने, 'तँसँग म प्रशन्न छैन,' हेर, म यहाँ छु, उहाँलाई जे असल छ सो उहाँले मलाई गर्नुभएको होस् ।”
TSK
TSK · याकूब 4:7
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तिमीहरूका पुर्खाहरूझैं तिमीहरू पनि हठी नहोओ । बरू तिमीहरू आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्ति पवित्र पार्नुभएको उहाँको पवित्रस्थानमा प्रवेश गर, र परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर, ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस् ।
तिनले भने, “मेरी आमाको गर्भबाट निस्कँदा म नाङ्गै थिएँ, र म त्यहाँ फर्केर जाँदा पनि नाङ्गै हुनेछु । परमप्रभुले दिनुभयो, र परमप्रभुले नै लानुभएको छ । परमप्रभुको नाउँको धन्य होस् ।”
¶ तब अय्यूबले परमप्रभुलाई जवाफ दिए र यसो भने,
परमेश्वरलाई भन, “तपाईंका कामहरू कति भयानक छन् । तपाईंको शक्तिको महान्ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन् ।
“राजा र राजमातालाई भन्, 'आ-आफ्नो सिंहासनबाट ओर्लेर तल आओ, किनकि तिमीहरूका गौरवशाली मुकुटहरू तिमीहरूका शिरबाट खसेका छन् ।'
तँ मानिसहरूबाट निकालिनेछस्, र तेरो वासस्थान खेतमा वन-पशुहरूसँग हुनेछ । तैंले गोरुले झैं घाँस खानेछस् । सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्ने कुरा तैंले स्वीकार गर्दासम्म सात वर्ष बित्नेछ ।”
परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस् ।”
त्यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्यो समयको अन्त्यमा उहाँ भोकाउनुभएको थियो ।
झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे ।
किनकि तिनीहरूले परमेश्वरको धार्मिकता जान्दैनन्, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन् । तिनीहरू परमेश्वरको धार्मिकताप्रति समर्पित भएनन् ।
दुष्टलाई मौका नदेओ ।
परमेश्वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक ।
प्रभुको खातिर सबै मानवीय अधिकारलाई स्वीकार गर चाहे ती सर्वोच्च राजा हुन्,
सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ ।