किनकि परमप्रभुले धर्मीलाई मार्गदर्शन गर्नुहुन्छ तर दुष्टको मार्ग भने नष्ट हुनेछ ।
TSK
TSK · यूहन्ना 10:14
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ ।
यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्टलाई चिनून् ।
किनकि परमेश्वरले भन्नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ ।” येशू ख्रीष्टको उपस्थितिमा परमेश्वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ ।
तिमीहरूले ख्रीष्टको प्रेमको महानतालाई बुझ्न सकोस् भनेर म प्रार्थना गर्दछु, जुन ज्ञान भन्दा उत्तम छ । तिमीहरू परमेश्वरको समपूर्णताले भरिन सक भनेर यसो गर ।
यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्वास गर्दछु, साथै म विश्वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्नुहुनेछ ।
तर हामी जान्दछौँ, कि परमेश्वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्टमा पनि छौँ । उहाँ साँचो परमेश्वर र अनन्त जीवन हुनुहन्छ ।
मलाई तिम्रा कष्टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ । अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहूदी हुँ भनी दाबी गर्छन्, तर तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभाघर हुन् ।
तिम्रो प्रेम, विश्वास, सेवा, तिम्रो धैर्यवान् सहनशिलता र तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमीले अहिले जे गरेका छौ, त्यो पहिले गरेका कामहरूभन्दा बढी महत्त्वका छन् ।
तिमीले गरेका काम मलाई थाहा छ । हेर, तिम्रो अगि मैले खुला ढोका राखिदिएको छु र त्यसलाई कसैले पनि बन्द गर्न सक्दैन । मलाई थाहा छ, कि तिमीसँग थोरै शक्ति छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ ।