त्यसपछि याकूबले तिनको घराना र तिनीसित भएका सबैलाई भने, “तिमीहरूका बिचमा भएका विदेशी देवताहरू हटाइदेओ, र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर ।
TSK
TSK · यूहन्ना 11:55
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूकहाँ जा । आज र भोलि तैँले तिनीहरूलाई मेरो लागि अलग गर् र तिनीहरूका आ-आफ्ना लुगाहरू धुन लगा ।
मुर्दा छोएको कारण केही मानिसहरू अशुद्ध भएका थिए । तिनीहरूले त्यस दिन निस्तार-चाड मान्न सकेनन् । तिनीहरू त्यसै दिन मोशा र हारूनकहाँ गए ।
किनकि आफूलाई शुद्ध नपारेकाहरू समुदायमा धेरै जना थिए । यसैकारण आफैलाई शुद्ध नपारेका र परमप्रभुको सामुन्ने आआफ्नो थुमा अर्पण नगरेकाहरू सबैका निम्ति लेवीहरूले निस्तार-चाडका थुमाहरू मारे ।
¶ सारा जनता एउटै मानिसजस्तो गरी पानी ढोकाको सामुन्ने खुला क्षेत्रमा भेला भए । तिनीहरूले परमप्रभुले इस्राएललाई आज्ञा दिनुभएको मोशाको व्यवस्थाको पुस्तक ल्याउन भनी शास्त्री एज्रालाई भने ।
हे परमप्रभु, नोर्दोषतामा म आफ्नो हात धुन्छु, र म तपाईंको वेदी वरिपरि घुम्छु,
¶ यो निस्तार र अखमरी रोटीको चाडभन्दा दुई दिनअगि थियो । मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई कसरी गुप्त रूपमा गिरफ्तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए ।
यहूदीहरूको निस्तार-चाड आउन लागेको थियो, र येशू यरूशलेम जानुभयो ।
(यहूदीहरूको निस्तार-चाड नजिकै थियो । )
¶ निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए ।
त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्यपालको महलमा लगे । बिहान सबेरै थियो, तिनीहरू राज्यपालको महलमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून् ।
कुनै व्यक्तिले पहिले आफैँलाई जाँचोस् र रोटी खाओस् र कचौरबाट पिओस् ।
परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार ।