किनकि यो पटक तँ, तेरा अधिकारीहरू र तेरा मानिसहरूमाथि म मेरा सबै विपत्ति ल्याउनेछु । सारा पृथ्वीमा मजस्तो कोही रहेनछ भनी तैँले जान् भनी म यसो गर्नेछु ।
TSK
TSK · यूहन्ना 19:11
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
म शान्त छु र मेरो मुख खोल्न सक्दिनँ, किनभने त्यो गर्ने तपाईं नै हुनुहुन्छ ।
'मेरो महाशक्ति र पसारिएको पाखुराद्वारा म आफैले पृथ्वी बनाएँ । मैले पृथ्वीका मानिसहरू र जनावरहरू पनि बनाएँ, र मेरो दृष्टिमा ठिक लागेको जोकसैलाई म यो सुम्पिदिन्छु ।
यो निर्णय समाचारवाहकले बताएका उर्दिअनुसार हो । यो निर्णय पवित्र जनहरूले गर्नुभएको हो, ताकि बाँचेकाहरूले यो जानून्, कि सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबैभन्दा निम्न स्तरका मानिसहरूका अधिनमा पनि उहाँले ती दिनुहुन्छ ।’
तँ मानिसहरूबाट निकालिनेछस्, र तेरो वासस्थान खेतमा वन-पशुहरूसँग हुनेछ । तैंले गोरुले झैं घाँस खानेछस् । सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्ने कुरा तैंले स्वीकार गर्दासम्म सात वर्ष बित्नेछ ।”
उहाँ मानिसजातिबाट लखेटिनुभयो । उहाँमा पशुको मन थियो, र उहाँ जङ्गली गधाहरूसँग रहनुभयो । उहाँले गोरुले झैं घाँस खानुभयो । सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र उहाँले आफ्नो इच्छाअनुसार मानिसहरूमाथि शासक नियुक्त गर्नुहुन्छ भनेर उहाँले स्वीकार नगरेसम्म आकाशका शीतहरूले उहाँको शरीर भिज्यो ।
त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्वर-निन्दा सुन्नुभएको छ ।
अब, उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, ऊ त्यही हो । उसलाई समात र सुरक्षा घेरामा लैजाओ ।”
“तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउदँ छौ । तर यो जान कि परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ ।”
जब म तिमीहरूसँगै मन्दिरमा दिनहुँ हुँदा, तिमीहरूले ममाथि हात हालेनौँ । तर यो तिमीहरूको समय र अन्धकारको अधिकारको समय हो ।”
तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन, किनभने उहाँको समय अझ पनि आएको थिएन ।
तैपनि तिनीहरूमध्ये कैयाफा नामका मानिस जो त्यस वर्ष प्रधान पुजारी थिए तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ ।
अनि मुख्य पुजारीहरू, फरिसीहरू र अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए ।
परमेश्वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।
तपाईंको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।
¶ हरेक व्यक्ति उच्च अख्तियारको अधीनतामा रहोस्, किनभने परमेश्वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्वरद्वारा नियुक्त गरिएका हुन् ।
हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्लिरहने छायाजस्तो बद्लिनुहुन्न ।