परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र भन्नुभयो, “यो भूमि म तेरा सन्तानहरूलाई दिनेछु ।” यसैले अब्रामले तिनीकहाँ देखा पर्नुहुने परमप्रभुको निम्ति एउटा वेदी बनाए ।
TSK
TSK · यहोशू 21:43
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
त्यपछि परमप्रभुले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू तिनीहरूको आफ्नो नभएको (अर्काको) मुलुकमा प्रवासी हुनेछन् र तिनीहरूलाई चार सय वर्षसम्म दास बनाइनेछन् र अत्याचार गरिनेछन् ।
उहाँले तँलाई र तँ पछिका तेरा सन्तानहरूलाई अब्राहामले पाएको आशिष् देऊन्, ताकि परमेश्वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस् ।”
तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो ।
“इस्राएलका मानिसहरूलाई आज्ञा दे र तिनीहरूलाई भन्, 'जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, त्यो देश अर्थात् कनानको भूमि र यसका सिमानाहरू तिमीहरूको स्वामित्वमा हुने छ,
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सामु ती जातिहरूलाई निष्कासन गर्नुहँदा तिमीहरू त्यहाँ गई तिनीहरूलाई पराजित गर्ने छौ र तिनीहरूको देशमा बस्ने छौ ।
परमप्रभुले तिनलाई भन्नुभयो, “'म यो देश तेरा सन्तानहरूलाई दिन्छु' भनी मैले अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गरेको देश यही हो । मैले तँलाई तेरा आँखाले हेर्न अनुमति दिएको छु, तर तँ त्यहाँ जान पाउने छैनस् ।”
के तपाईंहरूका देवता कमोशले तपाईंहरूलाई जुन देश दिन्छन्, त्यही तपाईंहरू लिनुहुन्छ होइन र? यसैले हाम्रा परमप्रभु परमेश्वरले जुन देश हामीलाई दिनुभएको छ, त्यो हामी अधिकार गर्छौं ।
तिनीहरू यसमा बसे र यसमा यसो भनेर एउटा पवित्र स्थान बनाए,
त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्ना पालहरूमा बसाल्नुभयो ।
तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि थिचोमिचो गरे, र तिनीहरूलाई आफ्ना अधिकारीको अधीनमा पारियो ।