तेरो र स्त्रीबिच, अनि तेरो सन्तान र स्त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, र तैँले त्यसको कुर्कुच्चा डस्नेछस् ।”
TSK
TSK · लुका 4:2
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
मोशा परमप्रभुसित त्यहाँ चालिस दिन र चालिस रातसम्म बसे । तिनले न कुनै खाना खाए न पानी पिए । तिनले करारका वचनहरू अर्थात् दस आज्ञा शिला-पाटीहरूमा लेखे ।
फेरि, मैले न रोटी खाएँ न पानी पिएँ । परमप्रभुको दृष्टिमा दुष्ट काम गरेर उहाँलाई चिढ्याई तिमीहरूका सबै पापको कारणले गर्दा चालिस दिन र चालिस रातसम्म म परमप्रभुको सामु लम्पसार परेँ ।
चालिस दिनसम्म त्यो बलियो पलिश्ती बिहान र साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे ।
“जानुहोस्, र मेरो निम्ति उपवास बस्न शूशनमा बस्ने सबै यहूदीलाई भेला गर्नुहोस् । तिन दिन र तिन रातसम्म केही नखानुहोस्, न त केही पिउनुहोस् । मेरा युवतीहरू र म पनि त्यसरी नै उपवास बस्नेछौँ । त्यसपछि कानुनको विरुद्धमा भए तापनि म राजाकहाँ जानेछु, र मेरो नाश हुन्छ भने पनि होस् ।”
चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो ।
त्यहाँ याकूबको इनार थियो । येशू आफ्नो यात्राले थाक्नुभयो र इनारको छेउमा बस्नुभयो । यो छैठौँ घडीतिरको कुरा थियो ।
किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्ने एक जना प्रधान पुजारी हुनुहुन्न । त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ ।