तिनीहरूले भने, “तपाईंका दास हाम्रा पिता सञ्चै हुनुहुन्छ । उहाँ अझै जीवितै हुनुहुन्छ ।” तिनीहरू भुइँमा लमतन्न परेर तिनलाई ढोग गरे ।
TSK
TSK · मर्कूस 15:19
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
राजाको ढोकामा भएका सबै सेवकले हामानको सामु घुँडा टेक्नु र लम्पसार परेर दण्डवत् गर्नु भन्ने आदेश राजाबाट भएको थियो । तर मोर्दकैले न घँडा टेके, न लम्पसार परे ।
तिनीहरू मूर्खहरूका छोराहरू थिए, वास्तवमा नाम नभएका मानिसहरूका छोराहरू थिए । कोर्रा लगाएर तिनीहरूलाई देशबाट लखेटियो ।
तर जब मैले ठेस खाएँ, तब तिनीहरू खुसी भए र एकसाथ भेला भए । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भए र तिनीहरूले मलाई छक्क पारे । तिनीहरूले मलाई निरन्तर हप्काए ।
मेरो हप्की, मेरो लाज र मेरो अपमान तपाईंलाई थाहा छ । मेरा वैरीहरू सबै मेरै सामु छन् ।
जातिहरूले तुच्छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्नुहुन्छ, “विश्वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्नुभएको हुनाले राजाहरूले तँलाई देख्नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्नेछन् र घोप्टो पर्नेछन् ।”
जसरी तँसँग धेरै जना त्रसित भएका थिए— उसको अनुहार कुनै मानिसको भन्दा धेरै कुरूप बनाइएको थियो, र उसको स्वरूप कुनै मानिसको जस्तो देखिएन ।
¶ अब, ए सेनाहरूका छोरी, युद्धको निम्ति पङ्क्तिमा आओ, किनभने सेनाहरूले सहरको वरिपरि घेरा लगाएका छन्, र तिनीहरूले इस्राएलका न्यायकर्ताको गालामा छडीले हिर्काउनेछन् ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ । मानिसका पुत्रले धेरै कष्ट भोग्नुपर्छ र घृणित हुनेछ भनी किन लेखिएको त?”
केहीले उहाँलाई थुक्न र उहाँको अनुहार छोप्न र हिर्काउन थाले र भने, “भविष्यवाणी गर्!” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे ।
तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे ।
अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे,
तर तिमीहरू किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको सामु खडा हुनेछौँ ।
विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्द्रित गरौँ, जसले आफ्नो सामुन्ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्नुभयो, अनि उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।