बुद्धि सडकमा चर्को गरी कराउँछ, र खुला ठाउँहरूमा त्यसले आफ्नो सोर उचाल्छ ।
TSK
TSK · मत्ती 13:19
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
बुद्धिको विषयमा सिक्न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्ने कुनै क्षमता नै छैन?
येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो ।
बारीचाहिँ संसार हो; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिँ दुष्टका छोराहरू हुन्,
अब दृष्टान्तको अर्थ यही होः बिउ परमेश्वरको वचन हो ।
र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ ।”
तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्न सक्दैनौ ।
जब एथेन्सका मानिसहरूले मृत्त व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्याए तर अरूहरूले यसो भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्नेछौँ ।”
र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्नुहुनेछैन ।
यसको सट्टामा, तिनीहरूको आफ्नै धर्म सम्बन्धी र मरेको कोही येशूको बारे तिनीहरूको विवाद थियो जसलाई पावलले जीवित छन् भनी दावी गर्थ्यो ।
जब उनीहरूले उनको निम्ति एक दिन तोकिदिए, तब उनको बासस्थानमा धेरै मानिसहरू आए । उनले त्यस विषयलाई उनीहरूको सामु प्रस्तुत गरे, र परमेश्वरको राज्यको बारेमा गवाही दिए । उनले तिनीहरूलाई येशू ख्रीष्टको बारेमा मोशा र अगमवक्ताको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्वस्त पार्ने कोसिस गरे ।
तर आफ्नै मात्र भलाइ खोज्ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ ।
बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्यागेका छौँ । हामी धूर्ततामा जिउँदैनौँ र हामी परमेश्वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ । सत्यता प्रस्तुत गर्दै परमेश्वरको नजरमा प्रत्येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ ।
ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्वास नगर्ने सबैको न्याय होस् ।
बुबाहरू हो, म तपाईंहरूलाई लेख्छु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्नुहुन्छ । जवानहरू हो, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूले दुष्टलाई जितेका छौ । साना बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्छौ ।
हामी जान्दछौँ, कि जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन; तर जो परमेश्वरबाट जन्मेको छ, परमेश्वरले त्यसलाई सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई छुँदैन ।