TSK

TSK · मत्ती 13:37

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

रोटी बनाउन अन्‍नलाई पिसिन्छ, तर अति मिहिन पारिंदैन, र त्‍यसको गाडाका पाङ्ग्राहरू र त्यसका घोडाहरूले यसलाई छरे तापनि त्यसका घोडाहरूले यसलाई चूरचूर पार्दैनन् ।

जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।

त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजूर, के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र? अहिले यिनमा सामाहरू कसरी आए?’

जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्‍नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्‍नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन्?”

म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ ।

तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”

त्यसो भए अपोल्लोस को हो? अनि पावल को हो? सबै परमेश्‍वरका सेवकहरू हुन्, जसले परमेश्‍वरले दिनुभएका कामहरूअनुसार गरे र त्यही माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ ।

हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्‍का गरियो ।