TSK

TSK · मत्ती 13:42

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैं तपाईंले तिनीहरूलाई जलाउनुहुन्छ । परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई भस्मा पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ ।

अब तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै घोप्टो पर्‍यौ र मैले बनाएको मूर्तिको सामु लम्‍पसार पर्‍यौ भने, सबै कुरा ठिक हुनेछ । तर तिमीहरूले पुजा गरेनौ भने, तिमीहरू तुरुन्‍तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ । त्‍यो कुन देवता होला जसले तिमीहरूलाई मेरा हातबाट बचाउन सक्‍छ?”

उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्‍ने नाङ्लो उहाँको हातमा छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।”

उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्‍ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो,

जब तिमीहरूले परमेश्‍वरको राज्यमा अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्‍ताहरूलाई देख्‍नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ र दाँत किटाइ हुनेछ ।

त्यसले अतल कुण्ड खोल्यो, अनि त्यस कुण्‍डबाट धुवाँको मुस्लोजस्तो माथि गइरहेको थियो । त्यसले सूर्य र वायुलाई अँध्यारो बनाइदियो ।

उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो ।

मृत्यु र पाताल अग्‍नि-कुण्डमा फालिए । यो अग्‍नि-कुण्ड दोस्रो मृत्यु हो ।