TSK

TSK · मत्ती 2:4

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

यी लेवीहरू निर्माण सामाग्री बोक्‍नेहरू र अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए । तिनीमध्ये कोही सचिव, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए ।

यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू अत्यन्तै विश्‍वासघाती भए । तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र पारे ।

राजा अर्तासास्तले इस्राएलका लागि परमप्रभुका विधिहरू र आज्ञाहरू सिकाउन पुजारी र अध्यापक एज्रालाई दिएको आदेशको प्रतिलिपी यही हो,

सल्‍लू, अमोक, हिल्‍कियाह र यदायाह । येशूअको समयमा पुजारीका अगुवाहरू र तिनीहरूका सहयोगीहरू यिनै थिए ।

'परमप्रभुको व्यवस्था हामीसित भएको हुनाले हामी बुद्धिमान छौं' भनी तिमीहरू कसरी भन्‍न सक्छौ? वास्तवमा, हेर, शास्‍त्रीहरूको छलपूर्ण कलमले धलको सृजना गरेको छ ।

किनकि उहाँले तिनीहरूका शास्‍त्रीहरूले जस्तो गरी होइन, तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो ।

तर जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरकेका सुने, तिनीहरू रिसले चुर भए ।

त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए ।

¶ अब जब बिहान भयो, सबै मुख्य पुजारीहरू र मानिसका एल्डरहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्यन्त्र रचे ।

त्यसकारण, शास्‍त्री र मुख्य पुजारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्‍टान्त तिनीहरूकै विरुद्धमा भन्‍नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे ।

येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ?

शास्‍त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्‍त्री ल्याए । तिनीहरूले त्यसलाई बिचमा राखे ।

अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्‍त्रीहरू यरूशलेममा जम्मा भए ।

त्यसैले, त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्‍त्रीहरू उठे, र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौँ । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त?”