TSK

TSK · गन्ती 14:2

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको?

उजाड-स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा र हारूनको विरुद्धमा गनगन गरे ।

¶ यस बेला परमप्रभुले सुन्‍ने गरी मानिसहरूले तिनीहरूका कष्‍टबारे गनगन गरे । परमप्रभुले मानिसहरूको गनगन सुन्‍नुभयो र रिसाउनुभयो । परमप्रभुबाट आगो दन्कियो र यसका किनाराका केही छाउनीहरू जले ।

“मेरो आलोचना गर्ने यो दुष्‍ट समुदायलाई मैले कहिलेसम्म सहने? इस्राएलका मानिसहरूले मेरो विरुद्ध गरेका गनगन मैले सुनेको छु ।

तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।”

त्यहाँ मिरियम मरिन् र तिनलाई त्यहीँ गाडियो । समुदायको निम्ति त्यहाँ पानी थिएन, त्यसैले तिनीहरू मोशा र हारूनको विरुद्ध भेला भए ।

परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेमा यसो भनी पठाउनुहुँदा, 'मैले तिमीहरूलाई दिएको देशमा गएर त्यसलाई अधिकार गर' तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्‍वरको आज्ञाको विरुद्धमा विद्रोह गर्‍यौ, अनि उहाँको कुरा मानेनौ वा सुनेनौ ।

मेरी आमाको गर्भबाट बाहिर निस्कँदा म किन मरिनँ? मेरी आमाले मलाई जन्माउँदा मैले आफ्‍नो आत्मा किन त्यागिनँ?

त्‍यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे । तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन्,

यसकारण, अब हे परमप्रभु, तपाईंसँग म बिन्ती गर्छु, मबाट मेरो प्राण लिनुहोस्, किनकि मेरो निम्ति जिउनुभन्दा मर्नु नै असल छ ।”

तिनीहरूमध्ये धेरै जसोले गनगन गरेझैँ हामीले नगरौँ, जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्‍ट भएका थिए ।

यिनीहरू असन्तोषीहरू, गनगन गर्नेहरू हुन् जसले आफ्ना दुष्‍ट अभिलाषाहरूलाई पछ्याउँछन् । यिनीहरू ठुला-ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्दछन् ।