तिनीहरूको निम्ति विश्राम गर्ने ठाउँ पत्ता लगाउन परमप्रभुको करारको सन्दूक तिन दिनसम्म तिनीहरूको अघि-अघि लगियो ।
TSK
TSK · २ इतिहास 5:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तापनि, दाऊदले सियोनका किल्ला कब्जा गरे, जुन अहिले दाऊदको सहर हो ।
¶ तब सोलोमनले इस्राएलका सबै धर्म-गुरु, कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई सियोन अर्थात् दाऊदको सहरबाट परमप्रभुको सन्दुक ल्याउनलाई यरूशलेममा जम्मा गरे ।
त्यसपछि परमप्रभुको सन्दूकलाई त्यसको निम्ति तयार गरिएको ठाउँमा ल्याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।
यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्दूक ल्याउनलाई रमाउँदै गए ।
नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्तानबाट र ईतामारका सन्तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।
दाऊद राजा, परिवारका मुखियाहरू, हजार र सयका फौजका कमाण्डरहरू र सेनाका अरू कमाण्डरहरूले परमप्रभुका समर्पण गरेका थोकका भण्डारहरूका लागि सबै जिम्मा यी नै शलोमीत र तिनका आफन्तहरूलाई दिइएको थियो ।
तर दाऊदले परमेश्वरको सन्दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्याएका थिए,किनकि त्यसको निम्ति तिनले यरूशलेममा पाल टाँगेका थिए ।
सबै लेवी गायक, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइसमेत सबै जना, मलमलका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए । तिनीहरूका साथमा एक सय बिस जना तुरही बजाउने पुजारीहरू थिए ।
याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।