¶ परमप्रभु परमेश्वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले साँच्चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्नुभएको छ?”
TSK
TSK · प्रेरित 28:4
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तर तिमीहरूको प्राण दिने रगतको साटो म लेखा लिनेछु । हरेक पशुबाट म प्राणको साटो लिनेछु । आफ्नो भाइको हत्या गर्ने हरेक मानिसको हातबाट म त्यस मानिसको प्राणको साटो लिनेछु ।
साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ ।
तर मरूभुमिका जङ्गली पशुहरू त्यहाँ बस्नेछन् । तिनीहरूका घरहरू लाटोकोसेराले भरिनेछन् । सुतुर्मुगहरू र घोरलहरू त्यहाँ उफ्रनेछन् ।
खेतबारीका जङ्गली जनावरहरू, स्यालहरू र सुतुर्मुर्गहरूले मेरो आदर गर्नेछन्, किनभने मेरा चुनिएका मानिसहरूलाई पिउनको निम्ति म उजाड-स्थानमा पानी र मरुभुमिमा नदीहरू दिन्छु,
यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्यौ ।
येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, “के ती गालीलीहरूले यस्तो भोगेकाले तिनीहरू अरू गालीलीहरूभन्दा पापी थिए भन्ने तिमीहरू सोच्छौँ?
बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर ।
ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन्, निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे ।
तर डराउनेहरू, अविश्वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।”