TSK

TSK · यूहन्‍ना 20:17

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

तब एलीशाले गेहजीलाई भने, “यात्राको लागि लुगा लगा, र तेरो हातमा मेरो लट्ठी समात् । तिनको घरमा जा । कुनै मानिसलाई भेटिस् भने अभिवादन नगर्, र कसैले तँलाई अभिवादन गर्‍यो भने जवाफ नदे । बालकको अनुहारमा मेरो लट्ठी राखिदे ।”

तपाईंको नाउँ म आफ्‍ना भाइहरूलाई घोषणा गर्नेछु । सभाको माझमा म तपाईंको प्रशंसा गर्नेछु ।

किनकि यही परमेश्‍वर सदासर्वदा हाम्रा परमेश्‍वर हुनुहुन्छ । मृत्युसम्म नै हामीलाई बाटो देखाउने उहाँ नै हुनुहुन्छ ।

त्यसले मलाई पुकारा गर्नेछ, 'हे परमेश्‍वर, तपाईं मेरो पिता र मेरो उद्धारको चट्टान हुनुहुन्छ ।'

इस्राएलको घरानासित मैले बाँध्‍ने करार यही हो, यो परमप्रभुको घोषणा हो । यी दिनपछि म आफ्‍नो व्यवस्था तिनीहरूभित्र हाल्‍नेछु, र तिनीहरूका हृदयमा यो लेख्‍नेछु, किनकि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।

तब मैले तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा तिमीहरू बसोबास गर्नेछौ । तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।

“ए तरवार! मेरो गोठालोको विरुद्ध उठ्, जो मेरो नजिक उभिएको छ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । गोठालोलाई प्रहार गर्, र बगाल तितर-बितर हुनेछ! किनभने तल्लो वर्गकाहरूका विरुद्ध म मेरो हात उठाउनेछु ।

र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’

हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्‍नुभयो, “सबैलाई अभिवादन छ ।” ती स्‍त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे ।

पैसाको थैली नबोक, यात्राको निम्ति झोला नबोक, न त फाल्तु चप्पलहरू, र बाटोमा कसैलाई अभिवादन नगर ।

तर जतिले उहाँलाई स्‍वीकार गरे अर्थात् उहाँको नाउँमा विश्‍वास गरे उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तानहरू हुने अधिकार दिनुभयो ।

¶ अब निस्तार-चाडअगि येशू जान्‍नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।

मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।

मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।

अब, हे पिता, संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस् ।

हे धर्मी पिता, यो संसारले तपाईंलाई चिनेन, तर म तपाईंलाई चिन्दछु; र तपाईंले मलाई पठाउनुभयो भनी यिनीहरू जान्दछन् ।

किनकि जति परमेश्‍वरका आत्माद्वारा डोर्‍याइएका छन्, तिनीहरू नै परमेश्‍वरका छोराछोरीहरू हुन् ।

म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ,” सर्वशक्‍तिमान् परमेश्‍वर भन्‍नुहुन्छ ।

तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्‍वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ ।

जसरी धर्मशास्‍त्रले भन्दछः “जब उहाँ उच्‍च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्‍नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।”

परमप्रभु भन्‍नुहुन्‍छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु । म मेरो व्‍यवस्‍था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् ।

परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा ईश्‍वरीय उत्तराधिकारको निश्‍चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो ।

मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्‍वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ ।