TSK

TSK · प्रकाश 21:7

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्छ । खाँचोमा परेकाहरूलाई शासकहरूसँग बसाल्न र इज्‍जको ओहदा पाउने बनाउन उहाँले तिनीहरूलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ । किनकि पृथ्वीका जगहरू परमप्रभुका हुन् र उहाँले संसारलाई तिमाथि बसाल्नुभएको छ ।

याकूब र यहूदाका सन्तानहरूलाई म ल्याउनेछु, जसले मेरो पर्वतहरू अधिकार गर्नेछन् । मेरा चुनिएका जनहरूले देशलाई अधिकार गर्नेछन् र मेरा सेवकहरू त्यहाँ बस्‍नेछन् ।

प्रत्येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदी-बहिनीहरू, बुबा, आमा, बालबच्‍चाहरू वा देश त्यागेको छ, उसले सय गुणा प्राप्‍त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ ।

उहाँले यात्रा सुरु गर्न लाग्‍नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्‍यो, “हे असल गुरु, अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ?”

त्यसैले, तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर! किनकि सबै कुरा तिमीहरूकै हुन्,

परमप्रभु भन्‍नुहुन्‍छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु । म मेरो व्‍यवस्‍था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् ।

खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्‌मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ ।

मण्डलीहरूलाई आत्माले के भन्‍नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले जित्छ, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्‍वरको स्वर्गलोक हो’ ।”

जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ । जसले जित्छ, उसलाई म लुकाइएको केही मन्‍न दिनेछु, र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म उसलाई दिनेछु, तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन’ ।”

मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्‍वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ ।