TSK

TSK · १ यूहन्‍ना 5:13

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तर जतिले उहाँलाई स्‍वीकार गरे अर्थात् उहाँको नाउँमा विश्‍वास गरे उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तानहरू हुने अधिकार दिनुभयो ।

उहाँमा विश्‍वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन ।

यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौँ, कि तिनको गवाही सत्य छ ।

अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”

¶ हामी जान्दछौँ, कि हामीले बास गरेको यो यो पार्थिव शरीर नष्‍ट भयो भने पनि हामीसँग परमेश्‍वरले दिनुभएको भवन छ । यो मानिसको हातले बनाएको घर होइन, तर स्वर्गमा रहेको अनन्तसम्म रहने घर हो ।

यो सन्‍देश विश्‍वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्‍ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबैभन्दा तुच्छ हुँ ।

त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्‍चित गर्नको लागि सक्दो प्रयास गर । तिमीहरूले त्यो गर्‍यौ भने, तिमीहरू लोट्नेछैनौ ।

र तिमीहरूको आनन्‍द पुरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौँ ।

बुबाहरू हो, म तपाईंहरूलाई लेख्‍छु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्‍नुहुन्छ । जवानहरू हो, म तिमीहरूलाई लेख्‍छु, किनभने तिमीहरूले दुष्‍टलाई जितेका छौ । साना बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्छौ ।

तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु ।

जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्‍वरलाई विश्‍वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्‍वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्‍वास गरेको छैन ।