त्यसपछि फारोले मोशा र हारूनलाई बोलाउन मानिसहरू पठाए । तिनले तिनीहरूलाई भने, “यस पटक मैले पाप गरेको छु । परमप्रभु धर्मी हुनुहुन्छ अनि म र मेरा मानिसहरू दुष्ट छौँ ।
TSK
TSK · १ शमूएल 26:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तब शमूएलले शाऊललाई भने, “तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको छ । परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन । त्यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्ति स्थापित गर्नुहुनेथियो ।
त्यसपछि शाऊलले भने, “मैले पाप गरेको छु । तर कृपया मेरा मानिसहरूका धर्म-गुरुहरूका सामु र इस्राएलको सामु मेरो इज्जत गर्नुहोस् । फेरि मसँग फर्कनुहोस्, ताकि मैले परमप्रभु तपाईंका परमेश्वरको आराधना गर्न सकूँ ।
तिनले दाऊदलाई भने, “मभन्दा तिमी धेरै धर्मी रहेछौ । किनकि तिमीले मलाई असल कुराले बदला लिएका छौ भने, मैले तिमीलाई खराब कुराले बदला लिएको छु ।
दाऊद गातमा भागेर गयो भनी शाऊललाई भनियो, त्यसैले उनले तिनलाई खोज्न छोडे ।
वास्तवमा स्वर्गबाट आगो झर्यो र यस अघिका दुई जना कप्तानलाई तिनीहरूका मानिसहरूसँगै भस्म पार्यो, तर मेरो जीवन तपाईंको दृष्टिमा मूल्यवान् होस् ।”
परमप्रभुको दृष्टिमा उहाँका सन्तहरूका मृत्यु बहुमूल्य हुन्छ ।