राजा बलिदान चढाउन गिबोनमा गए किनकि त्यो निकै उच्च स्थान थियो । सोलोमनले त्यस वेदीमा एक हजारवटा होमबलि चढाए ।
TSK
TSK · २ इतिहास 1:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
त्यसपछि परमप्रभुको सन्दूकलाई त्यसको निम्ति तयार गरिएको ठाउँमा ल्याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।
ईतामारको सन्तानका बिचमा भन्दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए, त्यसैले तिनीहरूले एलाजारका सन्तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्तानबाट गरेका थिए । यो विभाजन वंश-वंश अनुसार आठ थियो ।
¶ यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्डरहरू, अनि विभिन्न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए ।
¶ राजा दाऊदले सारा सभालाई भने, “परमेश्वरले चुन्नुभएको मेरा छोरो सोलोमन अहिले पनि सानै छ र कामचाहिं महान् छ । किनकि यो मन्दिर मानिसहरूका निम्ति होइन तर परमप्रभु परमेश्वरको निम्ति हो ।
किनकि राजा, तिनका अगुवाहरू र यरूशलेममा भेला भएका सबै समुदायले मिलेर सल्लाह गरी दोस्रो महिनामा निस्तार-चाड मनाउने सहमती गरे ।