TSK

TSK · प्रस्थान 39:30

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तैँले निखुर सुनको एउटा पाता बनाउनू, र यसमा छापमा खोपेजस्तै गरी “परमप्रभुको निम्ति पवित्र” भनी खोप्‍नू ।

परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो ।

येशूले हामीलाई अधार्मिकताबाट स्वतन्‍त्र पार्न, र आफ्नै निम्ति जे असल छ त्यही गर्न इच्छुक मूल्यवान मानिसहरू अर्थात् शुद्ध बनाउन आफैँलाई हाम्रो निम्ति दिनुभयो ।

किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ । उहाँ पापरहित हुनुहुन्छ; उहाँ दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र आकाशभन्दा उच्‍च हुनुभएको छ ।