“शाऊललाई राजा बनाएकोमा म दुःखी छु, किनकि मेरो अनुसरण गर्नबाट ऊ फर्किएको छ र मेरा आज्ञाहरू पालन गरेको छैन ।” शमूएल रिसाए । तिनले रातभरि परमप्रभुमा पुकारे ।
TSK
TSK · हिब्रू 10:39
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
किनकि निर्बुद्धिहरू फर्कंदा तिनीहरू मारिन्छन्, र मूर्खहरूको तटस्थताले तिनीहरूलाई नष्ट गर्ने छन् ।
जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ ।
ताकि उहाँमा विश्वास गर्ने सबैले अनन्त जीवन पाऊन् ।
किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्ने र उहाँमा विश्वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा तिनीहरूलाई म जीवित पारूँ ।”
तर यीचाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।
यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्छौ भने, तिमी बचाइनेछौ ।
तिमीहरूलाई कसैले कुनै प्रकारले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन ।
अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् ।
किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन ।
अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिले सुरक्षित राखिएका छौ ।
येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्नेबाहेक संसारमाथि विजय हासिल गर्ने को हो?
तिमीहरूका प्रेम भोजहरूमा लुकेका कलङ्कहरू यिनीहरू नै हुन् । तिनीहरू केवल आफ्नै निम्ति मात्र निर्लज्ज रूपमा भोज खान्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन् । तिनीहरू शरद ऋतुका निष्फल रुखहरू हुन्, जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् ।
त्यो पशु अस्तित्वमा थियो, तर अहिले अस्तित्वमा छैन । त्यो आफैँ पनि आठौँ राजा हो, तर ती सात राजामध्ये त्यो एक हो, तर त्यो नष्ट हुन गइरहेको छ ।