तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्यो नै पासो बनोस् ।
TSK
TSK · यशैया 28:13
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
यी मानिसहरूका हृदयलाई मुर्ख बनाऊ, र तिनीहरूका कानलाई बैरो बनाऊ र तिनीहरूका आँखालाई अन्धो बनाऊ । अन्यथा तिनीहरूका आफ्नो आँखाले देख्लान्, तिनीहरूका कानले सुन्लान् र तिनीहरूका हृदयले बुझ्लान् र तब फर्केर निको होलान् ।”
धेरै जना मानिस यसमा ठेस खानेछन् र लड्नेछन् र चकनाचूर हुनेछन्, र जाल फस्नेछन् र समातिनेछन् ।
तर तिमीहरू फेरि 'परमप्रभुको बोझ' को बारेमा कुरा गर्नेछैनौ, किनकि बोझचाहिं हरेक मानिसको आफ्नै वचन हो, र तिमीहरूले जीवित परमेश्वर, सर्वशक्तिमान् परमप्रभु, हाम्रा परमेश्वरका वचनलाई बङ्ग्याएका छौ ।
तिनीहरूका निम्ति मैले आफ्नो व्यवस्थालाई दस हजारपल्ट लेखे पनि, तिनीहरूले त्यसलाई कुनै नयाँ कुराजस्तो गरी हेर्छन् ।
जो यस ढुङ्गामा खस्दछ, त्यो टुक्रा-टुक्रा पारिनेछ । तर जसमाथि यो खस्दछ, त्यो कुल्चिनेछ ।”
नष्ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्ना हो । यी कुराहरूका लागि को योग्यको छ?
पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्न कठिन हुने कुराहरू पनि छन् । अनुशासनहीन र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्याउँछन् जसरी तिनीहरूले धर्मशास्त्रका अरू वचनहरूलाई बङ्ग्याउँदै आफ्नो विनाश निम्त्याउँछन् ।