TSK

TSK · यशैया 39:1

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तब तोऊले दाऊदलाई अभिवादन गर्न र आशिष् दिन आफ्‍नो छोरा योरामलाई पठाए, किनभने दाऊदले हददेजेरसँग युद्ध गरेका र तिनलाई पराजित गरेका थिए, किनभने हददेजेरले तोऊ विरुद्ध युद्ध गरेका थिए । योरामले आफ्‍नो साथमा सुन, चाँदी र काँसाका सामानहरू ल्याए ।

त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियालाई चिठीहरू र एउटा उपहार पठाए किनकि हिजकिया बिरामी परेका थिए भनी तिनले सुनेका थिए ।

तर हिजकियालाई दिइएको मदतका निम्‍ति तिनी परमप्रभुप्रति कृतज्ञ भएनन्, किनकि तिनको हृदय अहङ्‍कारी भएको थियो । यसैले तिनीमाथि र यहूदा र यरूशलेममाथि क्रोध पर्‍यो ।

¶ बेबिलोन बारेमा आमोजका छोरा यशैयाले प्राप्‍त गरेका घोषणाः

तब तिमीहरूले बेबिलोनको राजाको विरुद्ध यो गिल्लाको गीत गाउनेछौ, “अत्याचारीको अन्त्‍य कसरी भएको छ, घमण्डी क्रोधको अन्त्‍य भयो!

¶ त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियालाई पत्रहरू र उपहार पठाए । किनभने हिजकिया बिरामी भएका थिए र निको भए भनी उनले सुनेका थिए ।