तेरा सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशिषित्् हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस् ।”
TSK
TSK · यशैया 6:13
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
किनकि तिनीहरूले उनीहरूका केही छोराछोरीसित विहेवा गरेका छन् र अरू देशका जातिहरूसित पवित्र जातिलाई मिसाएका छन्, अनि अधिकारीहरू र अगुवाहरूले नै पहिले यस्तो अविश्वासको काम गरेका छन् ।”
एउटा रुखको लागि आशा हुन सक्छ । त्यो काटियो भने, त्यो फेरि पलाउन सक्छ, जसको कारणले त्यसका कोमल पालुवा लोप हुँदैनन् ।
सियोनमा बाँकी छोडिएकाहरू, र यरूशलेममा रहनेहरू पवित्र भनिनेछन्, हरेक जो यरूशलेममा बसिरहेको भनेर लिखिएको छ ।
किनकि तपाईंका मानसिहरू इस्राएल समुद्र किनारको बालुवाझैं भए तापनि, तिनीहरूमा बाँकी रहेकाहरू मात्र फर्कनेछन् । प्रशस्त धार्मिकताले माग गरेझैं, विनाशलाई आदेश दिइएको छ ।
तर तिमीहरूका बिचमा बचेकालाई म जोगाएर राख्नेछु, र तिमीहरू देश-देशमा तितरबितर हुँदा, त्यहाँ जातिहरूका बिचमा तरवारबाट उम्केका कोही हुनेछन् ।
तर तेरो बिचमा म नम्र र गरीब मानिसहरूलाई छोडिदिनेछु, र तिनीहरूले परमप्रभुको नाउँमा शरण पाउनेछन् ।
के उहाँले आफ्नो आत्मामा तिनीहरूलाई एक बनाउनुभएको होइन र? त्यसोभए किन उहाँले तिमीहरूलाई एक बनाउनुभयो? किनभने उहाँले परमेश्वरको सन्तान खोज्नुभएको थियो । त्यसैले आफैँलाई आफ्नो आत्मामा रखवाली गर र आफ्नो जवानी अवस्थाकी पत्नीसँग अविश्वासी नहोओ ।
परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए, कुनै पनि प्राणी बाँच्ने थिएन, तर चुनिएकाहरूका खातिर, जसलाई उहाँले छान्नुभएको छ, उहाँले दिनहरूको सङ्ख्या घटाई दिनुभयो ।
ख्रीष्टको शरीरअनुसार ख्रीष्ट आउनुभएका पुर्खाहरू तिनीहरूकै हुन् । उहाँ नै सबैका परमेश्वर हुनुहुन्छ । सदासर्वदा उहाँको प्रशंसा भइरहोस् । आमेन ।
यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ ।
अब न त यहूदी छ, न ग्रिक, न कमारा छ न फुक्का, न पुरुष छ न स्त्री, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एक हौ ।