TSK

TSK · यर्मिया 25:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

हे परमप्रभु, यरूशलेमको पतन भएको दिनमा एदोमीहरूले के गरे सो स्मरण गर्नुहोस् । तिनीहरूले भने, “यसलाई भत्काओ, यसको तल जगैसमेत भत्काओ ।”

किनकि यो पर्वतमा परमप्रभुको हातले विश्रमा लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैं मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ

¶ उहाँ को हुनुहुन्‍छ जो एदोमबाट, बोज्राबाट रातो पहिरनमा आउनुहुन्‍छ? जो आफ्‍नो महान् सामर्थ्यको कारणले राजकीय पोशाकमा रवाफका साथ आउँदै हुनुहुन्‍छ? धार्मिकतामा बोल्ने र बचाउनलाई शक्तिशाली रूपमा सक्षम म नै हुँ?

परमप्रभुले मलाई यसो भन्‍नुभयो, “आफ्नो निम्ति डोरीहरू र एउटा जुवा बना । ती तेरो घाँटीमा बाँध् ।

¶ सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर मोआबलाई यसो भन्‍नुहुन्छः “नेबोलाई धिक्‍कार! किनकि यसलाई सर्वनाश पारिएको छ । कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ । त्यसका किल्लाहरू लाजमा पारिएका छन्, र भत्काइएका छन् ।

एदोमको विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “के तेमानमा अबदेखि कुनै बुद्धि पाइँदैन? के समझदारहरूबाट असल सल्लाह गायब भएको छ? के तिनीहरूको बुद्धि भ्रष्‍ट भएको छ?

¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

यसैले मोआबको विरुद्धमा न्‍याय गर्नेछु,र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।

¶ त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

¶ ओबदियाले देखेका दर्शन । एदोमको विषयमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: “हामीले परमप्रभुबाट एउटा सन्देश सुनेका छौं, र जातिहरूका बिचमा एक जना राजदूतलाई यसो भनेर पठाइएको छ, ‘उठ! हामी युद्धको निम्ति त्यसको विरुद्धमा उठौं!’

“मैले मोआबको उपहास र अम्मोनीहरूको तिरस्कारलाई सुनेको छु, जब तिनीहरूले मेरा मानिसलाई उपहास गरेका थिए र आफ्ना सिमानाहरू तोडेका थिए ।