उत्पत्ति 18:15
TSK
त्यसपछि साराले इन्कार गर्दै यसो भनिन्, “म हाँसिनँ ।” किनभने तिनी डराइन् । तर उहाँले जवाफ दिनुभयो, “होइन, तँ हाँसेकै होस् ।”
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
त्यसपछि साराले इन्कार गर्दै यसो भनिन्, “म हाँसिनँ ।” किनभने तिनी डराइन् । तर उहाँले जवाफ दिनुभयो, “होइन, तँ हाँसेकै होस् ।”
अब पत्रुसचाहिँ बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र?”
उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, के तिमी पनि मस्त निद्रामा छौ? के एक घण्टा पनि जागा रहन सकेनौ?
पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।”
केही बेरपछि अरू कसैले देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।”
जब पत्रुस एन्टिओखियामा आए, मैले उनलाई आमने-सामने विरोध गरेँ किनकि उनी गलत थिए ।