TSK

TSK · विलाप 2:7

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

म तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा परिणत गरिदिने छु र तिमीहरूका पवित्र स्थलहरू नष्‍ट गरिदिने छु । म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्‍न हुने छैनँ ।

परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घरहरूमा तिनले आगो लगाए । सहरका हरेक महत्त्वपूर्ण भवनमा पनि तिनले आगो लगाए ।

उनले मानिसहरूका गरीबलाई न्याय देऊन् । उनले दरिद्रहरूका छोराछोरीलाई बचाऊन् र थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून् ।

तपाईंको तोकिएको ठाउँको बिचमा तपाईंका वैरीहरू गर्जन्छन् । तिनीहरूले आफ्ना युद्धका झन्डाहरू खडा गर्छन् ।

हे परमप्रभु, हामीसँग नरिसाउनुहोस्, न त तपाईंको मनमा हाम्रो विरुद्धमा निनुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् ।

मैले हेरें । परमप्रभुको सामु, उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो, र सबै सहरहरू ध्वस्त भएका थिए ।

‘त्यसैले शीलोमा भएको मेरो ठाउँ जाओ, जहाँ सुरुमा मैले मेरो नाउँ रहने अनुमति दिएँ, र मेरो जाति इस्राएलको दुष्‍टताको कारणले मैले यसलाई के गरें त्‍यो हेर ।

तिनीहरूले भने “मोरेशेतका मीकाले यहूदाका राजा हिजकियाको शासनकालमा अगमवाणी बोल्दै थिए । तिनले यहूदाका सबै मानिससँग बोले र भने, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः सियोन जोतिएको खेतझैं हुनेछ, यरूशलेमचाहिं गिटीको थुप्रो हुनेछ र मन्दिरको डाँडाचाहिं झाडीझैं हुनेछ ।'

'मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु । म तँलाई महान् कुराहरू, तैंले नबुझ्ने रहस्यहरू देखाउनेछु ।'

तिनले परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घर जलाए । अनि सहरमा भएका हरेक महत्त्वपूर्ण भवन तिनले जलाए ।

परमप्रभु शत्रुझैँ हुनुभएको छ । उहाँले इस्राएललाई निल्नुभएको छ । उहाँले त्यसका सबै महललाई निल्नुभएको छ । उहाँले त्यसका किल्लाहरूलाई नष्‍ट पार्नुभएको छ । उहाँले यहूदाकी छोरीमा शोक र विलाप बढाउनुभएको छ ।

यसैले म सबैभन्‍दा दुष्‍ट जातिलाई ल्याउनेछु, र तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन्, र बलिया मानिसहरूको घमण्‍ड म खतम गर्नेछु, किनकि तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन्‌ ।

यहूदामा म आगो पठाउनेछु, र त्यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ ।”

तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले यी सबै कुरा देख्दैनौ? साँच्‍चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन् ।”