कुमालेको भाडा फुटेझैं उहाँले त्यसलाई फुटाउनुहुनेछ । उहाँले त्यसलाई छोड्नु हुनेछैन, ताकि त्यहाँ त्यसका टुक्रामध्येबाट चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।
TSK
TSK · विलाप 4:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तैंले तिनीहरूलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः जसरी यो माटोको भाँडो फेरि मर्मत हुनै नसक्ने गरी यर्मियाले फुटाएको छ, त्यसरी नै म यी मानिस र यस सहरलाई गर्नेछु, यो परमप्रभुको घोषणा हो । अरू बढी लासहरू गाड्ने ठाउँ नभएसम्म नै मानिसहरूले तोपेतमा लासहरू गाड्नेछन् ।
युवाहरू र पाकाहरू सडकहरूका धूलोमा पस्रिन्छन् । मेरा युवतीहरू र युवाहरू तरवारले ढालिएका छन् । तिनीहरूलाई दया नदेखाइकन तपाईंले तिनीहरूलाई मार्नुभएको छ ।
इस्राएल निलिएको छ । अब जातिहरूमा बिचमा ती काम नलाग्ने वस्तुझैं रहन्छन् ।
के कुमालेसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति प्रयोग गरिने भाँडो र दैनिक प्रयोगको निम्ति प्रयोग गरिने भाँडो बनाउने अधिकार हुँदैन र?
सम्पन्न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्यहाँ माटा र काठका भाँडा पनि हुन्छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् ।