अब्राहामले आफ्नो घरको सबै भन्दा पुरानो र तिनीसँग भएका सबै कुराहरूका अख्तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्
TSK
TSK · लुका 7:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
परमप्रभुले मेरा मालिकलाई धेरै आशिष् दिनुभएको छ र तिनी एक ठुला मानिस भएका छन् । उहाँले तिनलाई बगालहरू र बथानहरू, सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ ।
योसेफले तिनको कृपादृष्टि पाए । उनले पोतीफरको सेवा गरे । पोतीफरले योसेफलाई आफ्नो घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि अधिकार दिए, र ती उनको जिम्मामा लगाए ।
म झुटो कुरामा हिंडेको छु भने, र मेरो खुट्टा छल गर्न हतारिन्छन् भने,
अब जब कप्तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्चै यिनी त परमेश्वरका पुत्र रहेछन् ।”
जब कप्तानले जे भइरहेको थियो सो देखे, उनले यसो भन्दै परमेश्वरको महिमा गरे, “निश्चय नै यिनी एक धार्मिक मानिस थिए ।”
यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए ।
आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना नोकर र तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्वरलाई पुज्ने एक जना सिपाहीलाई बोलाए ।
पावलले सेनाहरूमध्ये एक जना कप्तानलाई बोलाएर भने, “यो जवान केटालाई मुख्य कप्तानकहाँ लगिदिनुहोस्, किनभने उसँग उहाँलाई भन्ने केही कुरा छ ।”
अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौँ, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र उनलाई उनका साथीहरूकहाँ जान अनुमति दिए ताकि उनले तिनीहरूबाट वास्ता पाउन सकून् ।
दासहरू, शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ, मानिसहरूलाई खुसी तुल्याउनेहरूजस्तो गरी आँखाको अगाडि मात्र होइन, तर इमानदार हृदयसाथ गर । परमप्रभुको भय मान ।