TSK

TSK · मलाकी 3:2

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे ।

¶ निश्‍चय नै चाँदीको एउटा खानी हुन्छ, एउटा ठाउँ छ जहाँ तिनीहरूले सुनलाई शुद्ध पार्छन् ।

परमप्रभु भन्‍नुहुन्छ, “अहिले आओ, हामी मिलेर छलफल गरौं । तिमीहरूका पापहरू बैजनी रङका भए तापनि, ती हिउँजस्‍तै सेता हुनेछन् । ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्‍तै हुनेछन् ।

तैंले आफैलाई नदीमा सफा गरिस् वा साबुनले धोइस् भने पनि, तेरो अधर्म मेरो सामु दागझैं छ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

परमप्रभुको दिन चाहना गर्नेहरूलाई धिक्‍कार! तिमीहरू किन परमप्रभुको दिनको चाहना गर्दछौ? त्यो उज्यालो होइन तर अन्धकार हुनेछ,

¶ किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्यस दिन सबै हठी र दुष्‍ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्‍यो?” तिनीहरूले भने, “पहिलो चाहिँले ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन् ।

जब तिनीहरू तेल किन्‍न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्‍द गरियो ।

त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “होसियारीसँग सुन, यो बालक इस्राएलमा धेरैको उत्थान र पतनका निम्ति र धेरैको विरुद्धमा बोलिने चिह्नको निम्ति नियुक्‍त गरिएको छ ।

उहाँको खला सफा गर्न र अन्‍नलाई भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्‍ने नाङ्लो छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ ।

उहाँले बोलिसक्‍नुभएपछि, फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए । त्यसपछि येशू जानुभयो र ढल्केर बस्‍नुभयो ।

तर हर समय सतर्क रहो, र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो ।”

तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौँ; हाम्रा एक पिता परमेश्‍वर हुनुहुन्छ ।”

येशूले भन्‍नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्‍दैनन् तिनीहरूले देखून् र जसले देख्‍छन्, तिनीहरू अन्धो होऊन् ।”

तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ ।

त्यसो भए, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् ।

मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्दछ ।

त्यसैले, तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर-ढुङ्गा भयो ।”

म त्यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्‍नेछन् । म प्रत्येकलाई त्यसको कामअनुसारको प्रतिफल दिनेछु ।

अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्‍नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्‍टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्‍त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् ।