TSK

TSK · नहूम 2:13

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

यहोशूले उनीहरूलाई परमप्रभुले भन्‍नुभएमुताबिक गरे । तिनले घोडाहरूका ढोड नसाहरू काटे र रथहरू जलाए ।

त्‍यसैले ती प्रधान सेनापतिले अश्शूरका सम्राट महाराजाले हिजकियालाई के भनेका थिए त्‍यो भनिदिन भने, “तिम्रो दृढताको स्रोत के हो?

त्यसै बेला सनहेरीबको विरुद्धमा लडाइँ गर्न कुश र मिश्रदेशका राजा तिर्हाकाहले सेना परिचालन गरेका छन् भनेर तिनले सुने, त्यसैले तिनले फेरि हिजकियाकहाँ यो समाचारसहित सन्देशवाहकहरू पठाए,

त्यसपछि अश्शूरका राजा सनहेरीबले यरूशलेममा, (उनी लाकीश अगाडि थिए, र उनका सबै फौज उनीसित थियो) यहूदाका राजा हिजकिया र यरूशलेममा भएका यहूदाका सबै मानिसहरूकहाँ आफ्ना सेवकहरू पठाए । तिनले भने,

उहाँले युद्धहरूलाई पृथ्वीको अन्तसम्म बन्‍द गराउनुहुन्छ । उहाँले धनुहरू भाँच्‍नुहुन्‍छ र भालाहरू काट्नुहुन्‍छ । उहाँले ढालहरूलाई जलाउनुहुन्‍छ ।

¶ विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।

के योद्धाहरूबाट लूटको माल लिन सकिन्छ, वा क्रूरबाट कैदीहरूलाई छुट्टाउन सकिन्छ?

“हेर्, अहङ्कारी, म तेरो विरुद्धमा छु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, किनकि ए अहंकारी, तँलाई दण्ड दिने तेरो दिन आइपुगेको छ, जति बेला म तँलाई दण्‍ड दिनेछु ।

यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “हेर, म आफै तेरो विरुद्धमा हुनेछु । म स्‍वयम्‌ ती जातिहरूका सामुन्‍ने तँलाई दण्‍ड दिनेछु ।

यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, ए सीदोन, म तेरो विरुद्धमा छु । तेरो माझमा मेरो महिमा हुनेछ । मैले तँभित्र न्‍याय गर्दा, म नै परमप्रभु हुँ भनी तेरा मानिसहरूले जान्‍नेछन्‌ । तँभित्र म पवित्र प्रकट हुनेछु ।

यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्‍दोलदेखि आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म नै तँ उजाड-स्‍थान हुनेछस् ।

यसो भन्, ‘परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: हेर्, मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु ।

¶ रगतले भरिएको सहरलाई धिक्‍कार! त्यो झूट र लूटको सम्पत्तिले भरिएको छ । त्यसका शिकारहरू सधैँ त्यहीँभित्र छन् ।

तेरा सबै किल्लाहरू पहिले नै फल पाकेका अन्जिरका रूखहरूझैँ हुनेछन् । ती हल्लाइए भने, त्यसका सबै फल खानेवालाको मुखमा झर्नेछन् ।