TSK

TSK · गन्ती 33:4

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

परमप्रभु भन्‍नुहुन्छः म त्यस रात मिश्र देश भएर जानेछु र मिश्र देशका मानिस र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई आक्रमण गर्नेछु । म मिश्रका सबै देवी-देवतालाई दण्ड दिनेछु । म परमप्रभु हुँ ।

अब मलाई थाहा भयो कि परमप्रभु अरू सबै देवभन्दा महान् हुनुहुँदोरहेछ किनकि मिश्रीहरूले इस्राएलीहरूलाई अभिमानपूर्वक व्यवहार गर्दा परमेश्‍वरले आफ्नो जातिलाई छुटकारा दिनुभयो ।”

तिनीहरूका देशमा भएका हरेक जेठा सन्तान, तिनीहरूका बलको पहिलो फललाई उहाँले मार्नुभयो ।

अनि तिनीहरूले परमप्रभुको भय मान्‍नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्‍वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।