दाऊद साह्रै व्याकु भए, किनभने मानिसहरूले तिनलाई ढुङ्गाले हान्ने कुरा गरिरहेका थिए, किनकि सबै मानिसहरूको मन आ-आफ्नो छोराहरू र छोरीहरूका निम्ति तितो भएको थियो । तर दाऊदले परमप्रभु परमेश्वरमा आफूलाई शक्तिशाली बनाए ।
TSK
TSK · भजनसंग्रह 21:7
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तर मैले तपाईंको करारको विश्वस्ततामा भरोसा गरेको छु । तपाईंको उद्धारमा मेरो हृदय आनन्दित हुन्छ ।
परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।
¶ हे परमप्रभु, मेरो न्याय गर्नुहोस्, किनकि म इमानदारीसँग हिंडेको छु । हलचल नगरी मैले परमप्रभुमा भरोसा गरेको छु ।
मलाई सधैं तपाईंको पवित्र-स्थानमा बस्न दिनुहोस् । मलाई तपाईंका पखेटाहरूको आडमा शरण लिन दिनुहोस् । सेला
उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् ।
किनकि पमरप्रभु मेरो शरणस्थान हुनुहुन्छ । सर्वोच्चलाई तिम्रो पनि शरणस्थान बनाऊ ।
उसले परमेश्वरमा विश्वास गर्छ । र परमेश्वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाऊन्, किनकि उसले यस्तो भनेको थियो, ‘म परमेश्वरका पुत्र हुँ ।’”