यदि तिमीहरू मेरा नियमहरूअनुसार हिँड्यौ र मेरा आज्ञाहरू पालन गरेर तीअनुसार चल्यौ भने,
TSK
TSK · २ राजाहरू 21:8
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
¶ आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा पालन गर्न उहाँको कुरा होसियारीपूर्वक सुन्यौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई पृथ्वीका सबै जातिभन्दा उच्च बनाउनुहुने छ ।
म आफ्ना मानिस इस्राएलको निम्ति एउटा स्थान नियुक्ति गर्नेछु र तिनीहरूलाई म त्यहाँ राख्ने छु, ताकि तिनीहरू आफ्नै ठाउँमा बसोबास गरुन् र फेरि समस्या नपरुन् । दुष्ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्ने छैनन् ।
म आफ्ना मानिस इस्राएलको निम्ति एउटा ठाउँ तोक्नेछु ताकि तिनीहरू आफ्नै देशमा बसून् र फेरि कष्टमा नपरून् । दुष्ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्नेछैनन्,
परमप्रभुमा भरोसा राख र जे असल छ सो गर । देशमा बसोवास गर र विश्वस्ततामा उपभोग गर ।
तिमीहरू आज्ञाकारी र इच्छुक भयौ भने, तिमीहरूले देशका असल कुरा खानेछौ,
मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड ।”
“अब ए मानिसको छोरो, के तँ न्याय गर्छस्? के तँ त्यो रगतको सहरको न्याय गर्छस्? त्यसका सबै घृणित कुराहरू त्यसलाई जानकारी दे ।