तपाईंका हातका कामहरूमाथि शासन गर्ने तपाईंले त्यसलाई बनाउनुभएको छ । सबै कुरा तपाईंले त्यसको पाउमुनि राख्नुभएको छः
TSK
TSK · दानिएल 7:14
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
वास्तवमा, सबै राजा उनको सामु घोप्टो परून् । सबै जातिहरूले तिनको सेवा गरून् ।
जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन् ।
¶ परमप्रभुले मेरो प्रभुलाई भन्नुहुन्छ, “मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान नबनाएसम्म मेरो दाहिने हातपट्टि बस ।”
परमप्रभुले सदासर्वदा, हे सियोन, तेरो परमेश्वरले सबै पुस्तामा राज्य गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्यसलाई न्याय र धार्मिकताले थाम्न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्पूर्ण पृथ्वीलाई ढाक्यो ।
तब उद्घोषकले ठुलो सोरले कराएर भन्यो, “जाति-जातिका मानिसहरू र धेरै भाषाहरू बोल्ने, तपाईंहरूलाई यो हुकुम छ,
म अब यो एउटा उर्दि जारी गर्छु, कि मेरो अधिराज्यमा रहने सबै मानिसले दानिएलका परमेश्वरको भय मान्नू र आदर गर्नू, किनभने उहाँ नै जीवित परमेश्वर हुनुहुन्छ र उहाँ सदासर्वदा रहनुहुन्छ, र उहाँको राज्य नष्ट हुनेछैन, र उहाँको प्रभुत्व अन्त्यसम्म रहनेछ ।
राज्य र प्रभुत्व, र सम्पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्च परमेश्वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्नेछन् ।’
म लङ्गडोलाई बाँकी जाति र निर्वासितहरूलाई एउटा बलियो जाति बनाउनेछु, र म, परमप्रभुले सदा सर्वदा तिनीहरूमाथि सियोन पर्वतमा शासन गर्नेछु ।
येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ ।
सबै कुराहरू पिताबाट मलाई सुम्पिएको छ र पितालेबाहेक पुत्र को हो भनी कसैले जान्दैन र पुत्रले उहाँलाई प्रकट गर्ने इच्छा गरेकोले बाहेक पिता को हो भनी कसैले जान्दैन ।”
पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ ।
भिडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौँ, कि ख्रीष्ट सधैँ रहनुहुनेछ । तपाईं कसरी भन्नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ?’ यो मानिसका पुत्र को हो?”
यो यही शक्ति हो जुन परमेश्वरले ख्रीष्ट येशूलाई मृत्युबाट जीवित पार्नुभएको र स्वर्गीय स्थानहरूमा उहाँको दाहिने बाहुलीमा येशूलाई बसाल्नुभएको समयमा येशू ख्रीष्टमा कार्य गर्दैथियो ।
त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्त गरेकोमा हामी कृतज्ञ होऔँ र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्वरलाई आराधना गरौँ ।
जसले जित्छ, उसलाई मेरो सिंहासनमा मसँग बस्नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र त्यसरी नै म पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु ।
तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्वासयोग्यहरू हुन् ।”