TSK

TSK · प्रस्थान 3:13

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

याकूबले तिनलाई सोधे, “कृपया, मलाई तपाईंको नाउँ बताइदिनुहोस् ।” तिनले भने, “किन तिमी मेरो नाउँ सोध्छौ?” त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए ।

परमप्रभु मेरा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।

मानोहले परमप्रभुका दूतलाई भने, “तपाईंको नाउँ के हो, ताकि तपाईंको वचन पुरा हुँदा हामी तपाईंलाई सम्मान गर्न सकौं?”

यसकारण परमप्रभुले नै तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछः हेर, एज जना कन्या केटीले गर्भधारण गर्नेछिन्, एउटा छोरा जन्माउनेछिन् र उनको नाउँ इम्मानुएल राख्‍नेछिन् ।

यसकारण मेरा मानिसहरूले मेरो नाउँ जान्‍नेछन् । “हो, त्‍यो म नै हुँ” भन्‍ने म नै हुँ भनी तिनीहरूले त्यस दिन जान्‍नेछन् ।

तिनले एक जना पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”