TSK

TSK · प्रस्थान 8:10

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

मोशाले तिनलाई भने, “मैले सहर छाड्ने बित्तिकै म मेरो हात परमप्रभुतिर फैलाउनेछु । गर्जन रोकिनेछ र अब उसो असिना पर्नेछैन । यसरी पृथ्वी परमप्रभुको हो रहेछ भनी तपाईंले थाहा पाउनुहुनेछ ।

तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ र उहाँबाहेक अरू कोही ईश्‍वर छैन भनी तिमीहरूले जान्‍न सक ।

यशूरूनमा परमेश्‍वरजस्तो कोही छैन । उहाँ सत्य हुनुहुन्छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ ।

हे परमप्रभु, तपाईंजस्‍तो अरू कोही छैन । हामीले सधैंभरि सुनेका छौं कि तपाईंबाहेक अरू कोही परमेश्‍वर छैन ।

तब हे परमप्रभु, तपाईं मात्र सारा पृथ्वीमाथि सर्वोच्‍च हुनुहुन्छ भनी तिनीहरूले जान्‍नेछन् ।

किनकि आकाशमा हुने कोसँग परमप्रभुको तुलना गर्न सकिन्छ र? देवताहरूका छोराहरूमध्ये कोचाहिं परमप्रभुजस्तो छ र?

परमपवित्र भन्‍नुहुन्छ, “तब तिमीहरूले मलाई कोसँग तुलना गर्छौ, म कोजस्तो छु?”

हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन । तपाईं महान् हुनुहुन्छ, र तपाईंको नाउँ शक्तिमा महान् छ ।