TSK

TSK · उत्पत्ति 31:13

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

तिनले पृथ्वीमा खडा गरिएको एउटा भर्‍याङको सपना देखे । त्‍यसको टुप्‍पाचाहिँ आकाशसम्‍मै पुगेको रहेछ र परमेश्‍वरका दूतहरू त्‍यसमा उक्‍लने र ओर्लने गर्दा रहेछन्‌ ।

तब याकूबले यसो भनेर भाकल गरे, “यदि परमेश्‍वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्‍त्र दिनुभयो

याकूबले भने, “मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर यहोवेले मलाई भन्‍नुभयो, 'तेरो देश र तेरो कुटुम्बकहाँ फर्केर जा, म तेरो उन्‍नति गराउनेछु ।'

त्यहाँ तिनले एउटा वेदी बनाए, र त्यसको नाउँ एल-बेथेल राखे किनकि तिनी आफ्ना दाजुबाट भाग्दा त्यहाँ परमेश्‍वरले आफैलाई तिनीकहाँ प्रकट गराउनुभएको थियो ।