TSK

TSK · उत्पत्ति 32:1

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

तिनीहरूले रिबेकालाई आशिष्‌ दिएर भने, “हे हाम्री बहिनी, तिमी हजारौँ हजारका आमा होऊ, र तिम्रा सन्‍तानले तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरका प्रवेशद्वारहरू कब्‍जा गरून्‌ ।”

एलीशाले जवाफ दिए, “नडरा, किनकि तिनीहरूसित भएकाहरूभन्दा हामीसित भएकाहरू धेरै छन् ।”

किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ ।

परिणाम स्वरूप, अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्‍वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन् ।