TSK

TSK · हिब्रू 2:13

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

योसेफले आफ्‍ना बुबालाई भने, “यिनीहरू परमेश्‍वरले मलाई यहाँ दिनुभएका मेरा छोराहरू हुन्‌ ।” इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, ताकि म तिनीहरूलाई आशीर्वाद दिऊँ ।”

¶ हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।

हे परमेश्‍वर, तपाईंको करारको विश्‍वस्तता कति मूल्यवान छ! तपाईंको पखेटाहरूका छायामुनि मानवजातिले शरण लिन्छ ।

हेर, छोराछोरी परमप्रभुबाट प्राप्‍त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो ।

हेर, परमेश्‍वर मेरो मुक्‍ति हुनुहुन्छ । म भरोसा गर्नेछु र डराउनेछैन, किन परमप्रभु नै, हो परमप्रभु नै मेरो बल र गीत हुनुहुन्छ । उहाँ मेरो मुक्‍ति हुनुभएको छ ।”

तापनि उसलाई धुलो पार्ने र उसलाई बिरामी पार्ने परमप्रभुकै इच्छा थियो । जब उसले आफ्नो जीवनलाई पापको निम्ति बलिदान बनाउँछन्, उसले आफ्ना सन्तानहरू देख्‍नेछ, उसले आफ्‍नो समय बढाउनेछ र उसैद्वारा परमप्रभुको उद्देश्य पुरा हुनेछ ।

तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्‍दा महान् हुनुहुन्‍छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन ।

किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्‍टमा तिमीहरूका पिता बनेँ ।