TSK

TSK · यर्मिया 42:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

त्यस्तो व्यक्तिले यो श्रापका वचनहरू सुन्दा त्यसले आफैलाई आशिष् दिई आफ्नो ह्रदयमा यसो भन्छ, 'म मेरो ह्रदयको हठीपनामा हिँडे तापनि मसित शान्ति हुने छ ।' यसले सुक्खा जमिनसँगै भिजेको जमिनलाई पनि नष्‍ट गर्ने छ ।

तिमीहरूको सामु मैले जीवन र मृत्यु अनि आशिष् र श्राप राखिदिएको छु भनी तिमीहरूको विरुद्धमा गवाही दिन आज मैले स्वर्ग र पृथ्वीलाई साक्षी राखेको छु । त्यसकारण, तिमीहरू र तिमीहरूका सन्तानहरू बाँच्न सकून् भनी जीवन रोज ।

तर तिनीहरूले सुनेनन्, वा ध्यान नै दिए । तिनीहरू आफ्‍ना दुष्‍ट हृदयका आफ्नै हठी योजनामुताबिक जिए । त्यसैले तिनीहरू पछिल्तिर गए, अगिल्तिर बढेनन् ।

तर तिनीहरूले सुनुन् वा नसुनुन् तिनीहरूलाई मेरो वचन तैंले बोल्‍नेछस्, किनकि तिनीहरू ज्‍यादै विद्रोही छन् ।

यसैले मानिसहरूले सधैं गरेझैं धेरै जना तँकहाँ आउनेछन्, र तेरो अगि बस्‍नेछन् र तेरा वचनहरू सुन्‍नेछन्, तर तिनीहरूले ती पालना गर्नेछैनन् । तिनीहरूका मुखमा ठिक शब्दहरू छन्, तर तिनीहरूका हृदयहरू अन्यायपूर्ण फाइदाको पछि छन् ।

तर तिनीहरूले ध्यान दिएनन् र हठी भएर आफ्नो पीठ फर्काए । तिनीहरूले आफ्ना कान थुने र केही पनि सुनेनन् ।

कुनै पनि भलाइको कुरा तपाईंहरूको बिचमा घोषणा गर्नदेखि मैले आफैँलाई रोकिनँ अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले कसरी तपाईंहरूलाई शिक्षा दिएँ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।