TSK

TSK · लुका 13:7

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

अब मलाई रोक्‍ने कोसिस नगर् । मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कनेछ । त्यसैले म तिनीहरूलाई नष्‍ट गर्नेछु । तब म तँबाट नै एउटा ठुलो जाति बनाउनेछु ।”

छैटौँ वर्षमा तिमीहरूमाथि म मेरो आशिष् बर्साउने छु, र भूमिले तिन वर्षसम्म पुग्‍ने फसल उब्जाउने छ ।

र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्‍न गराउन सक्‍नुहुन्छ ।

रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।”

यदि कोही ममा रहँदैन भने त्यसलाई हाँगालाई झैँ फालिन्छ र त्यो सुक्‍छ; अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा हाल्छन्, अनि तिनीहरूलाई जलाइन्छ ।