TSK

TSK · मर्कूस 7:15

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

आफ्नो पेटले हिँड्ने, वा सबै चार खुट्‍टा प्रयोग गरी हिँड्ने, वा धेरै खुट्‍टा भएका जुनसुकै जमिनमा घस्रेर हिँड्ने प्राणी तिमीहरूले नखानू, किनकि ती घृणित हुनुपर्छ ।

ए सर्पका सन्तानहरू, तिमीहरू दुष्‍ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ ।

येशूले भन्‍नुभयो, “के तिमीहरूले अझ पनि बुझेका छैनौ? के तिमीहरू देख्‍दैनौ, कि बाहिरबाट मानिसभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन,

पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरूलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्‍नु हुँदैन भनी परमेश्‍वरले मलाई देखाउनुभएको छ ।

तर हामीले तिनीहरूलाई यो लेख्छौँ कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु र रगतबाट अलग रहून् ।

तिमीहरूले बजारमा जे बेचिन्छ त्यसलाई विवेकका खातिर कुनै प्रश्‍न नगरी खान सक्छौ ।

शुद्ध हुनेहरूका निम्ति सबै थोक शुद्ध हुन्छन्, तर प्रदूषित र विश्‍वास नगर्नेहरूका निम्ति भने केही पनि शुद्ध हुदैन । बरु तिनीहरूका निम्ति मन र विवेक समेत प्रदूषित भएका हुन्छन् ।

विभिन्‍न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस् । तर भोजनसम्बन्धी विधिद्वारा जिउनेहरूलाई यसले केही सहायता गर्दैन, किनकि अनुग्रहद्वारा निर्माण भएको ह्रदय असल हुन्छ ।