तिनले त्यसलाई भने, “कहिल्यै कामको निम्ति प्रयोग नभएका नयाँ डोरीले तिनीहरूले मलाई बाँधे भने म कमजोर हुनेछु र साधारण मानिसझैं हुनेछु ।”
TSK
TSK · हितोपदेश 13:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
भजनसंग्रह 39:1
TSK
¶ मैले निर्णय गरें, “म जे भन्छु सो कुरामा म सावधान हुनेछु ताकि मेरो जिब्रोले म पाप नगरुँ । खराब मानिसको उपस्थितिमा हुँदा म आफ्नो मुखलाई चूप राख्नेछु ।”
हितोपदेश 10:19
TSK
जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।
हितोपदेश 14:3
TSK
मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्को ओठले त्यसको रक्षा गर्छ ।
हितोपदेश 18:21
TSK
मृत्यु र जीवन जिब्रोद्वारा नियन्त्रित हुन्छ, र जिब्रोलाई प्रेम गर्नेहरूले यसको फल खाने छन् ।
हितोपदेश 21:23
TSK
आफ्नो मुख र जिब्रोको रखवाली गर्नेले आफैलाई कष्टबाट बचाउँछ ।
याकूब 1:26
TSK
यदि कसैले आफैँलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्त्रण गर्दैन भने उसले आफ्नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्छ ।