परमप्रभुको आदर गर्नु बुद्धिको सुरु हो । उहाँका सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्छ । उहाँको प्रशंसा सदासर्वदा रहन्छ ।
TSK
TSK · हितोपदेश 14:8
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
मलाई सुझबुझ दिनुहोस् र तपाईंको व्यवस्था म पालन गर्नेछु । आफ्नो सारा हृदयले यो म पालन गर्नेछु ।
बिहानमा मलाई तपाईंको करारको विश्वस्तता सुन्न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्नो प्राण तपाईंतिर उचाल्छु ।
म धार्मिकताको मार्गमा, न्यायका मार्गहरूका बिचमा हिँड्छु ।
धर्मीका योजनाहरू न्यायपूर्ण हुन्छन्, तर दुष्टको सल्लाह छलपूर्ण हुन्छ ।
किनकि मूर्खलाई झैँ बुद्धिमान् मानिसलाई पनि धेरै लामो समयसम्म सम्झँदैन । आउँदा दिनहरूमा हरेक कुरा बिर्सिएको हुने छ । बुद्धिमान् मानिस मूर्खझैँ मर्छ ।
म मेरो प्राणलाई भन्नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’
मूर्ख नबन । बरु, प्रभुको इच्छा के हो, सो बुझ ।
दुष्ट मानिस र ठगाहाहरू अझ खराब हुनेछन्, तिनीहरूले अरूलाई पथभ्रष्ट बनाउँछन्, र आफू पनि अरूद्वारा पथभ्रष्ट पारिन्छन् ।
तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ? त्यस व्यक्तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् ।